तरुण दल अमेरिका,एनएसयु अमेरिका, एएनटीए अमेरिका, मदेशी यसोसियसन अफ अमेरिका र एनआरएनए अमेरिकाले राहत संकलन अभियान गरेको पहिलो दिनमानै २० हजार २९० अमेरिकी डलर संकलन गरेका हुन् ।
काठमाडौं । प्रदेश नम्बर २ को बारा,पर्सा हावाहुरी पीडितलाई अमेरिकामा रहेका ५ ओटा सस्थाले २० हजार अमेरिक डलर राहत संकलन गरेका छन् ।
तरुण दल अमेरिका,एनएसयु अमेरिका, एएनटीए अमेरिका, मदेशी यसोसियसन अफ अमेरिका र एनआरएनए अमेरिकाले राहत संकलन अभियान गरेको पहिलो दिनमानै २० हजार २९० अमेरिकी डलर संकलन गरेका हुन् ।
सो सस्थाहरुले आफ्नो आफ्नो क्षेत्रमा छुट्टा छुट्टै राहत संकलन गरी जम्मा गरेर नेपाल पठाउने बताइएको छ । हालसम्म एनआरए अमेरिकाले ४ हजार ७४० डलर संकलन गरेको छ, एनआरए अमेरिकाले ५० हजार अमेरिकी डलर संकलन गर्ने लक्ष राखेको बताइएको छ ।
त्यसैगरी मधेशी यसोसियसन अफ अमेरिकाले ७ हजार २३४ डलर संकलन गरेको छ ।
त्यस्तै तरुण दलले १ हजार ४७८ डलर संकलन गरेको छ । त्यस्तै एनएसयु अमेरिकाले ८ सय डलर संकलन गरेको छ । त्यसरी संकलीत राहत राज्य कोष मार्फत प्रकोप पिडितलाई पठाइएको संकलन गर्ने सस्थाहरुले बताएका छन् । राहत संकलनका लागी जुटेका संस्थाहरुले संकलीत राहत पठाउदै गर्ने र संकलनलाई निरन्तरता दिने बताइएको छ ।