२१२ किलो गाँजासहित २ जना पक्राउ

प्रहरीले पीकअप भ्यानको पछाडिको ढालामा त्रिपालभित्र लुकाई छिपाई राखेको अवस्थामा ३० ओटा पोकामा २१२ किलोग्राम गाँजा पक्राउ गरेको हो ।

काठमाडौं । प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, तिनताप्केबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो करिब ३ बजेतिर जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले २१२ किलोग्राम गाँजासहित महोत्तरीको बर्दिवास नगरपालिका–११ बस्ने ३६ वर्षीय रामजस यादव र सोहीठाउँका १९ वर्षीय उज्वल गुर्मछाने मगरलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ना ३ च ३७६९ नम्बरको पीकअप भ्यानसमेत बरामद गरेको प्रहरीले जनाएको छ । यादव भने सोही भ्यानका चालक रहेका छन् ।

प्रहरीले पीकअप भ्यानको पछाडिको ढालामा त्रिपालभित्र लुकाई छिपाई राखेको अवस्थामा ३० ओटा पोकामा २१२ किलोग्राम गाँजा पक्राउ गरेको हो ।