बहुउद्देश्यीय कृषि फार्ममा पालिएका लेयर्स कुखुरामा एच.वान.एन.वान बर्डफ्लुको भाइरस भेटिएको भटेरिनरी अस्पतालले जनाएको छ ।
भक्तपुर । पन्छीमा लाग्ने रोग बर्र्डफ्लु भक्तपुरमा पनि देखिएको छ । यसअघि काठमाडौं, ललितपुर, मकवानपुर र काँस्कीमा देखिएको बर्डफ्लु पछिल्लो पटक भक्तपुरको दुधिकोटमा पनि भेटिएको हो । सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोटमा रहेको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा पालिएका लेयर्स कुखुरामा एच.वान.एन.वान बर्डफ्लुको भाइरस भेटिएको भटेरिनरी अस्पतालले जनाएको छ ।
बर्डफ्लु देखिएपछि फार्ममा रहेका २ हजार ९ सय ८५ कुखुरा र २ हजार १ सय अन्डा, १ सय ५० केलो दाना नष्ट गरिएकोे भेटेरीनरी अस्पतालका पशुसेवा विज्ञ डा.चन्द्र ढकालले बताए । वरिष्ठ पशु विकास समितिका अधिकृत नारायण बहादुर श्रेष्ठको संयोजकत्वको टोलीले बर्डफ्लु भएको पुष्टि गरेपछि प्रभावित क्षेत्रमा रहेका फार्मका कुखुरा नष्ट गरिएको उनले बताए ।
उक्त क्षेत्र वरपरका चार किल्लाभित्रका पन्छी नष्ट गरी खाडलमा पुरिएकोे छ । खाली रहेका खोरलाई पनि संक्रमण मुक्त गरिएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना छर्ने काम भइसकेको बताइएको छ । नगरपालिकाका पशु विकाश अधिकृत पूर्णचन्द्र शर्माले अन्यत्र संक्रमण फैलिन नदिन विशेष सर्तकर्ता अपनाईएको जानकारी दिए ।