महाशाखाका अनुसार पूर्वी भागमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा साथै स्थानीय वायुको प्रभावले गर्दा मौसममा फेरबदल हुने भएको हो ।
काठमाडौं । आगामी तीन दिनको मौसममा फेरबदली हुनुका साथै अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी भागमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा साथै स्थानीय वायुको प्रभावले गर्दा मौसममा फेरबदल हुने भएको हो ।
बुधबार राति हल्काखेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ भने बिहीबार दिउँसो काठमाडौं उपत्यकामा केहीबेर मौसम सफा रहने र अन्य स्थानमा भने तत्काल मौसम सफा हुने अवस्था नरहेको मौसम विज्ञान विभागले जनाएको छ । बिहीबार राति देशको पूर्वी र मध्य भूभागमा आंशिक बदली रही भश्चिमी भागका एकदुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ भने शुक्रबार देशका मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्र्षाको सम्भावना रहेको छ ।
शुक्रबार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र उच्च हिमाली भूभागहरुका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।