दोहोरो अङ्कको वृद्धिदर हासिल गर्न पञ्चवर्षीय योजनाको कार्यान्वयन महत्त्वपूर्ण- अर्थमन्त्री खतिवडा

पन्ध्रौं योजनाको दीर्घकालीन सोचका रुपमा पञ्चवर्षीय योजनालाई विकास र समृद्धिको आधारवर्षका रुपमा अघि बढेको बताए । उनले दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न पञ्चवर्षीय योजनाको कार्यान्वयन महत्त्वपूर्ण भएकाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारकाे भूमिका अहम हुने बताए ।

अर्थमन्त्री डा युवराज खतिवडाले आन्तरिक बचत वृद्धिमा जोड दिएका छन् । स्रोत सुनिश्चितता कायम गर्न गत आव २०७४/०७५ मा १९ प्रतिशतभन्दा बढीको आन्तरिक बचतमा वृद्धि गर्नुपर्ने बताए ।
राष्ट्रिय योजना आयोगले आयोजना गरेको राष्ट्रिय विकास परिषद् बैठकको समापान समारोहमा उनले यस्तो बताएका हुन् । उनले २५ वर्षे दीर्घकालीन सोचलाई रणनीतिक र गतिशील दस्तावेजका रुपमा कार्यान्वयन गरिने बताए । उनले २५ वर्षे दस्तावेजलाई आवधिक योजनाको रुपमा समयसापेक्ष परिमार्जन गर्दै लैजानु पर्ने बताए ।
पन्ध्रौं योजनाको दीर्घकालीन सोचका रुपमा पञ्चवर्षीय योजनालाई विकास र समृद्धिको आधारवर्षका रुपमा अघि बढेको बताए । उनले दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न पञ्चवर्षीय योजनाको कार्यान्वयन महत्त्वपूर्ण भएकाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारकाे भूमिका अहम हुने बताए ।
अर्थमन्त्री खतिवडाले २५ वर्षे दीर्घकालीन योजनालाई अन्तिम रुप दिन आग्रह गरे । आगामी चालू आवको बजेटअगावै २५ वर्षे दीर्घकालीन योजनाको खाकालाई अन्तिम रुप दिएर त्यसअनुसारको नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्न सकिने बताए ।
बैठकबाट पन्ध्रौं पञ्चवर्षीय योजनाउपर राय सुझावलाई पारित गरिएको छ । पारित भएका सुझाव मन्त्रिपरिषदमा लगेर स्वीकृत गरी अन्तिम रुप दिइने छ ।