एकै सलले पासो लगाएर एकै परिवारका ३ जनाले गरे आत्महत्या

३२ वर्षीय आमा माया आले, १४ वर्षीया छोरी बिनिता रानामगर र १२ वर्षीय छोरा विवेक रानामगरले एकैठाउँमा पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं । चितवनको भरतपुरमा एकै परिवारका ३ जनाले आत्महत्या गरेका छन् । बिहीबार साँझ महानगरपालिका वडा नं १८ चनौलीमा एकै परिवारका तीन जनाले सामूहिक आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आमा, छोरी र छोराले एकै ठाउँमा पासो लगाएर आत्महत्या गरेका हुन् ।

३२ वर्षीय आमा माया आले, १४ वर्षीया छोरी बिनिता रानामगर र १२ वर्षीय छोरा विवेक रानामगरले एकैठाउँमा पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

परिवारका तीन जनाले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको भरतपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठोरले जानकारी दिए ।