ललितपुरमा ट्रकले भ्यानलाई ठक्कर दिँदा २ को मृत्यु

जनक शिक्षा सामाग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रकले भ्यानलाई ठक्कर दिदाँ भ्यानका चालक इन्द्रबहादुर सुनवार र डोल्मा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ

काठमाडौं । ललितपुरको सानेपा नजिकै सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जनक शिक्षा सामाग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रकले भ्यानलाई ठक्कर दिदाँ भ्यानका चालक इन्द्रबहादुर सुनवार र डोल्मा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रोकिराखेको भ्यानमा ट्रकले ठक्कर दिँदा दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जयराम सापकोटाले बताए ।