प्रदेश नम्बर ५ मन्त्रिपरिषदको बैठकले प्रदेश नम्बर २ सरकारको खातामा जम्मा हुने गरी प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम जम्मा गरिदिने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।
बुटवल । प्रदेश नम्बर २ को बारा र पर्सा जिल्लामा हावाहुरीबाट पीडित भएकाहरुलाई प्रदेश नम्बर ५ सरकारले एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ । प्रदेश नम्बर ५ मन्त्रिपरिषदको शुक्रबार बसेको वैठकले हावाहुरी पीडितलाई सहयोग गर्ने निर्णहय गरेको हो । बैठकले प्रदेश नम्बर २ सरकारको खातामा जम्मा हुने गरी प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम जम्मा गरिदिने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।
प्रवक्ता चौधरीकाअनुसर वैठकले प्रदेशसभा सदस्यहरुको १० लाख रुपैयाँ बराबरको स्वास्थ्य वीमा गर्ने सम्बन्धी प्रदेश सरकारको नीति तत्काल कार्यान्वयनमा ल्याउने निर्णय पनि गरेको छ । त्यसैगरी मन्त्रिपरिषद वैठकले काठमाडौं नर्भिक हस्पिटलमा उपचाररत प्रदेश सभाका विपक्षी दलका नेता क्यान्सर रोगबाट पीडित ८२ वर्षीया बलदेव शर्मा पोखरेललाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको प्रवक्ता चौधरीले बताए ।
मेलम्ची, २२ चैत ९रासस०स् सिन्धुपाल्चोकको निमार्णाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम अत्यन्त सुस्त भएपछि यहाँका स्थानीय तहका जनप्रतिनिधिले काम छिटोसक्न दबाब दिएका छन् । भोटेकोशी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा निर्माण भइरहेको १०२ मेघावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको सन् २०१३ मा निर्माणकार्य शुरु गरिएको थियो । सन् २०१६ सम्ममा काम सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाको अहिलेसम्म ५० प्रतिशत पनि काम सम्पन्न भएको छैन ।
स्थानीय जनताको शेयर पनि रहेको आयोजना निर्माणमा ढिलाइ हुँदा यहाँका स्थानीय बासिन्दालाई मर्का परेको भन्दै स्थानीयतहको ध्यानाकर्षण भएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताउनुभयो । उहाँले एक विज्ञप्तिनै जारी गरेर जनताको सम्पत्तिले निर्माण हुने यस्ता आयोजना बन्न ढिलो हुँदा स्थानीयवासीको लगानीनै जोखिममा परेको उल्लेख गर्नुभएको छ । आयोजनाको काम सम्पन्न गर्न गाउँपालिकाले कुनै कसर बाँकी नराख्दा पनि आयोजना पक्षले विभिन्न बहाना गरेर निर्माणमा ढिलाइ गरेको उहाँको भनाइ छ । शुरुमा रु साढे १३ अर्बमा सम्पन्न गर्ने योजना रहेको उक्त आयोजनाको लागत अहिले रु २० अर्ब भन्दा माथि पुग्ने अनुमान गरिएको छ ।