सम्पत्तिमा आधारित, जीवन र स्वास्थ्य बीमामा आवद्ध जनसंख्या ५० प्रतिशत पुगेको हुनेछ । कृषि बीमाको पंहुच १० प्रतिशत पुगको हुने १५ औं योजनाको आधारपत्रमा उल्लेख छ ।
काठमाडौं । आउँदो ५ वर्षभित्र ५० प्रतिशत जनतामा बीमाको पंहुच पुग्ने भएको छ । सरकारले आर्थिक वर्ष ०८०/०८१ सालसम्म बीमाको पंहुच बढाएर आधा जनंसंख्यामा पुर्याउने लक्ष्य लिएको हो । हाल जीवन बीमामा आवद्ध जनसंख्या १४ प्रतिशत रहेको बीमा समितिले जनाएको छ ।
न्युन आय भएका, दुर्गम र पिछडिएका लगायत हरेक स्थानीय तहसम्म बीमा सेवा विस्तार हुने सरकालले सार्वजनिक गरेको १५ औं योजनाको अवधारणापत्रमा उल्लेख छ । यस अवधिमा सम्पत्तिमा आधारित, जीवन र स्वास्थ्य बीमामा आवद्ध जनसंख्या ५० प्रतिशत पुगेको हुनेछ । कृषि बीमाको पंहुच १० प्रतिशत पुगको हुने १५ औं योजनाको आधारपत्रमा उल्लेख छ ।
२०७२ विनासकारी भूकम्पपछि बीमा सम्बन्धि जनचेतना अभिवृद्धिका कारण अर्थतन्त्रमा बीमा क्षेत्रको योगदा बढ्दै गएको छ । बीमा क्षेत्रमा प्रविधिको प्रयोग नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय आवद्धताले गुणस्तर अभिवृद्धि भएको समितिको ठहर छ । यस्तै नयाँ बीमा लेखको विकास र सिघ्र दावी भुत्तानीले वीमा व्यवसाय विस्तार हुदै गएको आधारपत्रमा उल्लेख छ ।
यद्यपी बीमाको दायरा साँघुरो, ग्रामीण क्षेत्र, न्युन आय, विपन्न वर्गसम्म बीमाको पंहुच नपुगेको हो । जीवन बीमा व्यवसायको आकार बढेर २२ अर्ब रुपैयाँ पुगेको समितिको तथ्याँकमा उल्लेख छ । हालसम्म जीवन बीमा व्यवसाय गर्ने कम्पनीको संख्या १९ पुगेको छ । पुर्नबीमा कम्पनीले पनि व्यवसाय गरिरहेको छ ।