बिमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भन्डारीको निर्देशनमा छाडिएको थियो । तर उक्त कुरा मिडियामा आएपछि श्रेष्ठ परिबारलाई फेरी प्रहरी नियन्त्रणमा लिइएको थियो ।
काठमाडौं । प्रहरीले त्रिभुन अन्तर्राष्टिय बिमानस्थलबाट ठुलो परिमाणमा अवैध विदेशी मुद्रासहित एकै घरका ५ जनालाई पक्राउ गरेको छ ।शुक्रबार अपरान्ह काठमाडौंबाट थाई एयरबाट बैकक जान लागेका सुवास श्रेष्ठ सहित उनका परिबारलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सुचनाको आधारमा बिमानस्थलको सादा पोशाकको प्रहरीले श्रेष्ठ परिवारलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएपनि बिमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भन्डारीको निर्देशनमा छाडिएको थियो । तर उक्त कुरा मिडियामा आएपछि श्रेष्ठ परिबारलाई फेरी प्रहरी नियन्त्रणमा लिइएको थियो ।
मिडियामा आएपछि श्रेष्ठलाई नियन्त्रणमा लिएर उनको साथमा भएको विदेशी मुद्रा सार्वजानिक गरेको छ । श्रेष्ठको साथबाट २२ हजार १५० थाई भाट, १ हजार ८० युरोे, १ हजार अमेरिकी डलर र ८० हजार चिनीयाँ युवान बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैजनालाई आवश्यक कारवाहीका आन्तरीक राजश्व विभागमा पठाउने बिमानस्थल प्रहरीले जनाएको छ । श्रेष्ठ विमानस्थलमा क्याफे सञ्चालक हुन् ।