सोमबार बिहान दुबईबाट आएको बिमानको शौचालयमा बेवारिसे अवस्थामा २३ किलो सुन बरामद भएको हो ।
काठमाडौं । बंगलादेशको चटगाउँ बिमानस्थलबाट बिमान बंगलाको शौचालयबाट २३ किलो अवैध सुन बरामद भएको छ । बंगलादेश प्रहरी अधिकारीका अनुसार सोमबार बिहान दुबईबाट आएको बिमानको शौचालयमा बेवारिसे अवस्थामा २३ किलो सुन बरामद भएको हो ।
सोमबार बिहान दुबईबाट आएको बिमानले बंगलादेशको राजधानी ढाका भन्दा २ सय ४२ किलोमिटर दक्षिण पूर्वमा रहेको चटगाँउ बिमास्थलमा अवतरण गरेको थियो । बरामद सुनको बारेमा अनुसन्धान भईरहेको अधिकारीहरुले बताएका छन् । एजेन्सी