बिमानस्थलका व्यवसायी सुवास श्रेष्ठको क्याफेमा लाग्यो ताला, अनुसन्धान हुँदै

विवादित व्यवसायी सुवास श्रेष्ठको क्याफेलाई सिल गरिएको छ । ठुलो परिमाणमा बिदेशी मुद्रासहित पक्राउ परेका ब्यापारी श्रेष्ट हाल राजश्व अनुसन्धान बिभागको थुनामा छन् ।

काठमाडौं । गत शुक्रबार अवैध विदेशी मुद्धा सहित पक्राउ परेका त्रिभुवन अन्तर्राष्टिय बिमानस्थलका विवादित व्यवसायी सुवास श्रेष्ठको क्याफेलाई सिल गरिएको छ । ठुलो परिमाणमा बिदेशी मुद्रासहित पक्राउ परेका ब्यापारी श्रेष्ट हाल राजश्व अनुसन्धान बिभागको थुनामा छन् ।
बिमानस्थल भित्र क्याफे संचालन गर्दै आएका श्रेष्ठले अवैध विदेशी मुद्रासहित मानव तस्करी समेत गर्दै आएको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानकै क्रममा ब्यापारी श्रेष्ठले संचालन गर्दै आएको क्याफे बन्द गरिएको बिमानस्थल स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार श्रेष्ठले लामो समयदेखि क्याफेको आवरणमा बिमानस्थलमा विदेशी मुद्रादेखि मानव तस्करी गर्दै आएका थिए । श्रेष्ठले संचालन गरेको क्याफे बन्द गरिएको बिमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रिले पुष्टी गरेका छन् ।