‘अस्ताए’ औद्योगिक क्षेत्रका नायक

नेपालमा उद्योगधन्दाको विकास गर्न उनको ठूलो योगदान थियो । आज देशमा जतिओटा औद्योगिक घरानाको विकास भएको छ, यसमा गोल्छाको योगदान अतुलनीय छ । नेपालमा पहिलो उद्योग उनका बुबा रामलाल गोल्छाले स्थापना गरेका हुन् । नेपालमा त्यहीबाट औद्योगिक क्षेत्रको विकास भएको हो । दिवाकर रामलालका नाति हुन भने हंसराज गोल्छाका छोरा हुन ।

काठामाडौं । नेपालमा औद्योगिक घरानाको विकास गर्ने प्रमुख नायक दिवाकर गोल्छाको ६७ औं बर्षमा निधन भएको छ । उपचारकोे क्रममा भारतको चेन्नाईमा उनको निधन भएको हो ।

नेपालमा उद्योगधन्दाको विकास गर्न उनको ठूलो योगदान थियो । आज देशमा जतिओटा औद्योगिक घरानाको विकास भएको छ, यसमा गोल्छाको योगदान अतुलनीय छ । नेपालमा पहिलो उद्योग उनका हजुरबुबा रामलाल गोल्छाले स्थापना गरेका हुन् । नेपालमा त्यहीबाट औद्योगिक क्षेत्रको विकास भएको हो । दिवाकर रामलालका नाति हुन् भने हंसराज गोल्छाका छोरा हुन ।

आज गोल्छा अर्गनाइजेसन जुन उचाइमा पुगेको छ, त्यसमा दिवाकरको अत्यन्तै ठूलो योगदान छ । ६७ वर्ष अघि विराटनगरमा जन्मिएका दिवाकर गोल्छाको अथक प्रयासपछि ‘गोल्छा अर्गनाइजेसन’ बनेको हो । नयाँ नयाँ उद्योग लगाउन र व्यावसायिक घराना बनाएर अघि बढन उनी दिन रात खटिएका व्यक्ति हुन ।

रामलाल गोल्छाले गोल्छा अर्गनाइजेसनलाई एक चरणमा पुर्याएका थिए । त्यसलाई थप बलियो र उचाइमा पुर्याउन दिबावको देन रहेको गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले बताए । त्यति मात्रै होइन्, गोल्छा परिवारभित्रका सबै दाजुभाइलाई व्यावसायिक यात्रामा लगाउन र काम सिकाउन पनि उहाँ कुनै कसर बाँकी नराखेको उनको भनाइ छ ।

निजी क्षेत्रको छाता सङ्गठनको रुपमा चिनिएको नेपाल उद्योग वाणिज्य महासङ्घमा बरिष्ठ उपाध्यक्ष समेत भइसकेका गोल्छा नेपाली काङ्ग्रेसका सांसद पनि भइसकेका छन् । अहिले पनि अर्गनाइजेसनअन्तर्गतको धेरै म्यानुफ्याक्चरिङ इकाइ दिवाकर गोल्छाले नेतृत्व गर्दै आएका थिए । हुलास स्टिल, नेपाल बोर्डस, अल्मुनियम, भृकुटी कागज कारखाना, श्रीराम सुगर मिल, इस्टर्न सुगर मिललगायत उद्योग स्थापना गर्न उनको योगदान ठूलो छ । सबै उद्योग दिवाकरकै पहलमा खोलिएका थिए, व्यवस्थापन उनैले गर्दै आएका थिए ।

हंसराजका पाँच भाइ छोरा हुन । लोकमान्य गोल्छा, दिवाकर गोल्छा, महेन्द्र गोल्छा, दिनेश गोल्छा र राजकुमार गोल्छा हुन् । दिवाकरमा दुई छोरा छन् । ‘औद्योगिक क्षेत्रको विकासलाई चरम उत्कर्षमा पु¥याउन दिवाकरको योगदान धेरै थियो’ नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले भने, ‘दिवाकरले नै नेपालमा औद्योगिक क्रान्ति ल्याएका हुन् ।’ उनको निधनबाट देशलाई ठूलो क्षति भएको छ ।