ठमेलका ब्यापारीलाई कर तिर्न १५ दिने अल्टिमेटम

तोकिएको समयभित्र कर तिर्न नआउने व्यापारीलाई कानूनअनुसार कारवाही गरिने र बाँकी बक्यौता अनुसार कर उठाइने जारी सूचनामा उल्लेख गरिएको छ ।

काठमडौं । आन्तरिक राजश्व कार्यालय ठमेलले लामो समयदेखि कर तिर्न अटेर गर्दै आएका ब्यापारिहरुलाई कर तिर्नका लागि १५ दिने अल्टिमेटम दिएको छ ।

बुधबार एक सूचना प्रकाशित गरी आन्तरिक राजश्व कार्यालय ठमेलले १५ दिनभित्र कर तिर्न आउन सचेत गराएको हो । कार्यालयले ठमेल क्षेत्रमा ब्यापार व्यवसायी गर्दै आएका ब्यापारीले लामो समयदेखि आयकर र मूल्य अभिवृद्धि कर तिर्न अटेर गरेकाले सूचना जारी गर्न बाध्य हुनुपरेको जनाएको छ ।

कार्यालयअनुसार पटकपटक पत्राचार, फोन सम्पर्क गर्दासमेत कर तिर्न अटेर गर्दै आएका थिए । तोकिएको समयभित्र कर तिर्न नआउने व्यापारीलाई कानूनअनुसार कारवाही गरिने र बाँकी बक्यौता अनुसार कर उठाइने जारी सूचनामा उल्लेख गरिएको छ ।