बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितलाई महानगरपालिका नगरकार्यपालिकाको बैठकले २५ लाख सहयोग गर्ने निर्णय गरेको थियो । त्यस्तै जनप्रतिनिधि र कर्मचारीले पनि आफ्नो पारिश्रमिकवापतको एक दिनको तलब पीडितलाई सहयोग गर्ने निर्णय गरेका थिए ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवि उद्धार प्रकोप कोष सहयोग गरेको छ । महानगरपालिकाले ४० लाख ३१ हजार ४१३ रुपैयाँको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले संयुक्तरुपमा प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा हस्तान्तरण गरेका हुन् ।