नीतिगत अप्ठ्यारो अझै सुल्झिएकाे छैन : अध्यक्ष राणा

ठूला परियोजनामा विदेशी लगानी आवश्यक भएकाले निजी क्षेत्रबाट लगानी सम्भव नभएका आवश्यकताका क्षेत्रमा लगानी ल्याउनु पर्ने उनको धारणा थियो । नेपालमा पर्याप्त औधोगिक क्षेत्र स्थापना गर्नुपर्छ र त्यसका लागि सरकारले पहल गर्नुपर्नेमा अध्यक्ष राणाको जोड थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५३औं वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सुरु भएको छ । साधारणसभामा स्वागत मन्तव्य दिँदै महासङ्घकी अध्यक्ष भवानी राणाले स्वदेशी लगानी कर्तालाई ठूलो अप्ठ्यारो भएको बताइन् । उनले भनिन्, ‘पैसा छैन, उद्योग स्थापना गर्न आवश्यक जग्गा सहज उपलब्ध छैन । नीतिगत अप्ठ्यारा अझै सुल्झिएका छैनन् । स्वदेशी लगानीकर्ता पर्ख र हेरको स्थितिमा छन् ।’

ठूला परियोजनामा विदेशी लगानी आवश्यक भएकाले निजी क्षेत्रबाट लगानी सम्भव नभएका आवश्यकताका क्षेत्रमा लगानी ल्याउनु पर्ने उनको धारणा थियो । नेपालमा पर्याप्त औधोगिक क्षेत्र स्थापना गर्नुपर्छ र त्यसका लागि सरकारले पहल गर्नुपर्नेमा अध्यक्ष राणाको जोड थियो ।

उनले ब्याजदरको वैज्ञानिक आधार तय हुनुपर्ने बताउँदै जतिखेर मन लाग्यो, त्यतिखेर ब्याजदर बढाउने कार्य बैङ्कले बन्द गर्नुपर्ने धारणा राखिन् । ‘अझै ब्याजरको वैज्ञानिक आधार तय भएको छैन,’ उनले भनिन्, ‘निजी क्षेत्रबाट सुझाव माग्ने तर, कार्यान्वयन नगर्ने रोग मौलाउँदै गएको छ ।’ सुझाव कार्यान्वयन नहुँदा राज्यले तय गरेका लक्ष्य हासिल नहुने उनको तर्क थियो ।

ससाना कुरा नसुधार्दा स्वदेशी लगानी निराश भएका र सरकारी उच्च अघिकारीले अहिले पनि उद्याेगीलाई दुख दिने नियत नहटेकाे राणाले औंल्याइन्  ।