नेपालमा पेट्रोल उत्खनन गरिने : प्रम ओली

‘नेपालको आफ्नै पेट्रोल हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘आयात आयतन घटाउन छिटै नेपालले आफ्नै पेट्रोल उत्पादन गर्नेछ ।’

नेपाल उद्योग वाणिज्य महासङ्घको ५३औं वार्षिक साधारण सभामा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पेट्रोल उत्खनन गरिने बताएका छन् । ‘नेपालको आफ्नै पेट्रोल हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘आयात आयतन घटाउन छिटै नेपालले आफ्नै पेट्रोल उत्पादन गर्नेछ ।’

कायक्रममा प्रधानमन्त्रीले देश मुहार परिवर्तनकाे विन्दुमा भएकाे बताए । उनले २०७५ का िदन त्यतिकै खेर नफालेर ठूला परिवर्तन गरेकाेसमेत भनेका छन् । उनले भने, ‘संविधानले सैद्धान्तिक तहमा उल्लेख गरेका कुरा कानुन बनाएर ल्यायाै ।’

एक तहबाट अर्काे तहमा उक्लनु पर्ने भएकाले नै लगानी सम्मेलन गरिएकाे उनकाे तर्क थियाे ।

प्रधानमन्त्रीले महासङ्घ, सीएनआई तथा चेम्बरसँग सहकार्य गरी अघि बढ्ने बताउँदै यति गहिरो सम्बन्ध पहिला नभएको उल्लेख गरे । उनले महासङ्घ यस क्षेत्रको लिडिङ अर्गनाइजेसन भएको पनि बताए र

पीपीपी मोडलमा काम गर्न सरकार तयार रहेको बताउँदै ५५ प्रतिशत निजी क्षेत्रको हुनुपर्ने उल्लेख गरे । प्रधानमन्त्रीले औद्योगिक क्षेत्रमा भएका कानुनी बाधा अड्चन हटाउन आफूले सक्दो सहयो गर्ने बताउँदै यसका लागि कुन ऐन कहाँ संशोधन गर्नुपर्छ ती सबै गर्न तयार रहेको जानकारी दिए ।