काठमाडौं । मकवानपुरको रातोमाटेबाट प्रहरीले ६४ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोबासिरुलहसन सब्जिबाघ पटनाका २८ वर्षीय समिर अहमद छन् । ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले अहमदलाई उक्त गाँजासहित पक्राउ गरेको हो । अहमदले अवैध गाँजा भारत लैजाने तयारी गरेका बेला प्रहरीले विषेश सूचनाका आधारमा...
काठमाडौं । मकवानपुरको रातोमाटेबाट प्रहरीले ६४ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोबासिरुलहसन सब्जिबाघ पटनाका २८ वर्षीय समिर अहमद छन् ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले अहमदलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
अहमदले अवैध गाँजा भारत लैजाने तयारी गरेका बेला प्रहरीले विषेश सूचनाका आधारमा पक्राउ गरेको हो । पक्राउ परेका अहमदलाई प्रहरी थुनामा राखी आवश्यक अनुसन्धान अघि बढाएको मकवानपुर प्रहरीले जनाएको छ ।