विमानस्थलबाट ३ किलो सुन सहित ३ चिनियाँ नागरिक पक्राउ, मलद्धारबाट सुन निकालियो

विमानस्थल ओर्लेका ३ जनाको अवस्था अस्वभाविक देखेपछि प्रहरीले चेक जाँच गरेको थियो । प्रहरीले तिनैजनालाई केएमसी अस्पताल लगेर मलदारमा लुकाएको सुन निकालेको थियो ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो सुन सहित ३ जना चिनीया नागरिक पक्राउ परेका छन् । चाइना इस्टर्न एयरलाइन्समार्फत बिहीबार काठमाडौं अवतरण गरेका ३ जना चिनीया नागरिकबाट ३ किलो ३०० ग्राम अवैध भन्सार छलीको सुन बरामद भएको बिमानस्थल प्रहरीले जनाएको छ ।

विमानस्थल ओर्लेका ३ जनाको अवस्था अस्वभाविक देखेपछि प्रहरीले चेक जाँच गरेको थियो । प्रहरीले तिनैजनालाई केएमसी अस्पताल लगेर मलदारमा लुकाएको सुन निकालेको थियो ।

बिमानस्थलबाट बाहिरीदै गरेका बेला मेटल डिटेक्टर मेसिनले संखेत गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएपनि आफुहरुसँग त्यस्तो केही नभएको भन्दै उम्कीन खोजेका थिए ।