चैत २९ गते बिहीबार एक सूचना प्रकाशित गरी साझाले शर्मा साझासँग अलग भएको भन्दै उनीसँग कुनै पनि काम कारबाही तथा कारोबार नगर्न र नगराउन सबैमा आग्रह गरेको हो ।
काठमाडौं । साझा प्रकाशनले प्रकाशनका तत्कालीन महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मासँग कुनै पनि प्रकारको कारोबार नगर्न सबैलाई आग्रह गरेको छ । चैत २९ गते बिहीबार एक सूचना प्रकाशित गरी साझाले शर्मा साझासँग अलग भएको भन्दै उनीसँग कुनै पनि काम कारबाही तथा कारोबार नगर्न र नगराउन सबैमा आग्रह गरेको हो ।
भ्रष्टाचारलगायत विभिन्न अनियमिततामा मुछिएका तत्कालिन महाप्रबन्धक शर्माले दिएको राजीनामा यहि चैत १ गतेदेखि लागू हुनेगरी सरकारले स्वीकृत गरिसकेको भए पनि बिहीबार सार्वजनिक सूचना नै जारी गरी यस्तो आग्रह गरेको हो ।
‘साझा प्रकाशनका तत्कालीन महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको मिति २०७५।१२।१ देखि लागू हुनेगरी राजीनामा स्वीकृत भएकाले निजसँग साझा प्रकाशनसम्बन्धी कुनै पनि काम कारबाही तथा कारोबार नगर्न नगराउनुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।’ साझाद्वारा प्रकाशित सूचनामा भनिएको छ ।
साझाको महाप्रबन्धकको रुपमा कार्यरत रहँदा शर्माले अवैध किताबलाई बैधानिकता दिन खोजेको, पुस्तक छाप्ने कागज खरिद र पुस्तक छपाइमा अनियमितता गरेको लगायतका आरोप लागेको थियो । उक्त घटना बाहिर आएपछि शर्माको चौतर्फी विरोधपछि उनलाई शिक्षा मन्त्रालयले बर्खास्त गरेको थियो ।