प्राधिकरणले उत्तरगंगा पावर कम्पनी लिमिटेडमार्फत आयोजनाको काम अघि बढाउन लागेको हो । प्रधिकरणले आयोजनाको काम अघि बढाउन परामर्शदाता नियुक्तिका लागि शुक्रबार आशयपत्र (ईओआई) माग गरेको छ ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ८२८ मेगावाटको उत्तरगंगा जलाशसययुक्त आयोजना अघि बढाएको छ । प्राधिकरणले उत्तरगंगा पावर कम्पनी लिमिटेडमार्फत आयोजनाको काम अघि बढाउन लागेको हो । प्रधिकरणले आयोजनाको काम अघि बढाउन परामर्शदाता नियुक्तिका लागि शुक्रबार आशयपत्र (ईओआई) माग गरेको छ ।
ईओआईमा छनौट हुने कम्पनीबीच बोलपत्रमा प्रतिस्पर्धा हुने छ । प्रतिश्पर्धाबाट छनौट भएको परामर्शदाताले संभाव्यता अध्ययनको मूल्याँकन, विस्तृत इन्जिनियरिङ (डीपीआर) र निर्माणका लागि बोलपत्र कागजात तयार पर्ने जिम्मेवारी पाउने छ । वाग्लुङ जिल्लामा रहेको ढोरपाटन नगरपालिका, निसिखोला गाउँपालिका र रुकुम जिल्लाको पुथामा उत्तरगंगामा आयोजना पर्छ । आयोजनाले २०० मिटर अग्लो बाँध निर्माण गरेर झण्डै १० किलोमिटर सुरुङबाट पानी प्रवाह गरी ८२८ मेगावाट बिजुली निकाल्ने तयारी छ ।
आयोजनाको जडित क्षमता बढाएर १ हजार मेगावाटसम्म पु¥याउन सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । ३०० मेगावाटमा आयोजनाको काम अघि बढाउने तयारी भएकोमा पछि बढाएर ८२८ मेगावाट पुर्याइएको हो । डीपीआरका क्रममा आयोजनाको क्षमता अझै बढ्ने अनुमान गरिएको छ । आयोजनाका लागि १ खर्ब ७० अर्ब लाग्ने प्रारम्भिक अनुमान छ । सरकारले अघि बढाउन लागेको १० जलासययुक्त आयोजना मध्ये उत्तरगंगा पनि एक हो । डीपीआर तयारपछि मात्र आयोजनाको लागत तय हुने कम्पनीले जनाएको छ ।
आयोजना कम्पनी मोडलमा बनाउने सरकारले निर्णय गरिसकेको छ । असअघि लामो समयसम्म बागलुङतर्फ पानी खसालेर आयोजना बनाउने वा रुकुमतर्फ पठाउने भन्ने बिबाद थियो । जलासययुक्त आयोजना बनाउँदा यहाँका ५१२ घर बिस्थापित हुनेछन । ढोरपाटनको उत्तरगंगालाई जलासययुक्त बनाएपछि निसीखोलामा पानी खसालिनेछ ।