संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा सिनेटरहरुले आयोजना गरेको मैत्रीपूर्ण कार्यक्रममा सहभागी हुँदा क्यानडाका सांसद बब जिम्मरसँग भएको साइड मीटिङमा यसबारे छलफल भएको गुरुङले बताएका हुन् ।
वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङले नेपाली श्रम बजारलाई क्यानडासम्म पुर्याउन पहल गरेको बताएका छन् ।
संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा सिनेटरहरुले आयोजना गरेको मैत्रीपूर्ण कार्यक्रममा सहभागी हुँदा क्यानडाका सांसद बब जिम्मरसँग भएको साइड मीटिङमा यसबारे छलफल भएको गुरुङले बताएका हुन् ।
क्यानडाका सांसद बब जिम्मरलगायतका उच्च अधिकारीहरुसँग भएको छलफलमा क्यानडा यस विषयमा सकारात्मक भएको गुरुङले बताए । उनले भने, ‘क्यानडामा नेपालीलाई रोजगारी दिलाउन नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम तथा रोजगार मन्त्रालयका प्रतिनिधिसँग छलफल गर्ने आश्वासन क्यानडाले दिएको छ ।’ सरकारले नयाँ श्रम गन्तव्य पहिल्याउन नसकेको समयमा आपूmले त्यसका लागि पहल गरेको गुरुङले बताए ।
कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका सदैव विश्व शान्ति र स्वतन्त्रताको पक्षमा रहँदै आएको र विश्व समुदायमा देखिएको गरिबी र बेरोजगारी समस्या, खाद्यान्न अभाव र कुपोषणले हरेक ५ मिनेटमा एक नाबालकको मृत्यु हुनेहुँदा यसको निराकरणका लागि सबै मुलुक र विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरु एकजुट हुन आग्रह गरेका थिए ।
वाशिङटनबाट गुरुङले दिएको जानकारी अनुसार उक्त कार्यक्रममा विश्वका १३० राष्ट्रबाट विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए । यस्तो विशाल अन्तरर्राष्ट्रिय मञ्चमा नेपालका तर्फबाट सहभागी हुन पाउनु नै ठूलो कुरा भएको भन्दै गुरुङ्ले उक्त कार्यक्रमबाट वैदेशिक रोजगारीमा देखिएका कुरीति को अन्त्य गर्न ऊर्जा मिलेको बताए । गुरुङले भने, ‘नेपालको बेरोजगारी समस्या अरु कोही आएर समाधान गर्ने होइन, नेपाल सरकारले नै गर्ने हो ।’
यसैबीच सङ्घका अध्यक्ष रोहन गुरुङले इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओमएम) वाशिङटनका पार्टनर अफिसर युको हमादासँग भेट गरेका छन् । भेटका क्रममा उनले भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का तथा दक्षिण एसियाबाट वैदेशिक रोजगारमा जाने श्रमिकहरुको न्यूनतम पारिश्रमिक र रिक्रेटिङ शुल्क फरक भएका कारण नेपालीको रोजगारी गुम्दै गएको विषयबारे ध्यानाकर्षण गराएका छन् ।