बेरुजु २९.९३ प्रतिशतले बढेर ३ खर्ब ७७ अर्ब ४८ करोड पुग्याे

सङ्घीय सरकार कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, जिल्ला समन्वय समिति, अन्य समिति र संस्थातर्फ लेखापरीक्षणबाट बेरुजु अद्यावधिक गर्दा यस वर्ष ३ खर्ब ७७ अर्ब ४८ करोड छ । गत वर्ष २ खर्ब ९० अर्ब ५२ करोड ६७ लाख रुपैयाँ बेरुजु रकम थियो ।

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष बेरुजु रकम २९.९३ प्रतिशतले बढेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनमा सङ्घीय सरकार कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, जिल्ला समन्वय समिति, अन्य समिति र संस्थातर्फ लेखापरीक्षणबाट बेरुजु अद्यावधिक गर्दा यस वर्ष ३ खर्ब ७७ अर्ब ४८ करोड छ । गत वर्ष २ खर्ब ९० अर्ब ५२ करोड ६७ लाख रुपैयाँ बेरुजु रकम थियो ।

त्यस्तै समष्टिगत कारबाही गरी टुङ्गो लगाउनु पर्ने अद्यावधिक रकम ६ खर्ब ६६ करोड रुपैयाँ पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष यस्तो रकम ५ खर्ब थियो । गत वर्षको तुलनामा कारबाही गरी टुङ्गो लगाउनु पर्ने रकम ३६.७१ प्रतिशतले बढेको छ ।

यस वर्ष ५४ अर्ब ६४ करोड ६८ लाख रुपैयाँ बेरुजु फछ्र्यौट भएको छ । चालू आर्थिक वर्षको १ खर्ब ४१ अर्ब ५ करोड ४ लाख बेरुजु लेखापरीक्षण भएको छ । त्यसमध्ये ३ खर्ब ७७ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ फछ्र्यौट हुन बाँकी छ ।