वाइडबडीको उडान टुङ्गो नलाग्दा १ अर्ब ६६ करोड नोक्सानी

विमान खरिदका लागि स्वीकृत प्रस्तावभन्दा ९ महिना र ४ महिना ढिलो गरी आपूर्ति भएका वाइडबडी विमानको गन्तव्य टुङ्गो नलाग्दा सो अवधिमा नोक्सानी भएको महालेखा कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौं । नेपाल वायु सेवा निगमले ए ३३०—२०० दुई ओटा वाइडबडी विमान खरिद गरी उडानका लागि गन्तव्य टुङ्गो नलाग्दा १ अर्ब ६६ करोड रुपैयाँ नोक्सानी भएको छ ।

विमान खरिदका लागि स्वीकृत प्रस्तावभन्दा ९ महिना र ४ महिना ढिलो गरी आपूर्ति भएका वाइडबडी विमानको गन्तव्य टुङ्गो नलाग्दा सो अवधिमा नोक्सानी भएको महालेखा कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

विमान खरिदका लागि स्वीकृत प्रस्तावअनुसार सेप्टेम्बर २०१७ र अर्को विमान मार्च २०१८ मा आपूर्ति गर्ने उल्लेख थियो । तर, निकै ढिला ल्याइएका विमानका उडान गन्तव्य दमाम, सिड्नी, सियोल, टोकियो र हङकङ हुने उल्लेख भए पनि टुङ्गो नलाग्दा नोक्सानी भएको हो ।