लक्ष्मणबाबु ट्रष्टले विन्दवासिनी मन्दिरमा गेट बनाउने, एक वर्षभित्रमा हस्तान्तरण गर्ने

स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको स्मृतीमा स्थापना भएको ट्रष्टले ७५ लाख रुपैयाँमा गेट निर्माण गर्न लागेको हो ।

काठमाडौं । पर्यटकीय नगरी पोखरामा रहेको विन्दवासिनी मन्दिरमा लक्ष्मणबाबु मेमोरियल ट्रष्टले गेट निर्माण गरिदिने भएको छ । स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको स्मृतीमा स्थापना भएको ट्रष्टले ७५ लाख रुपैयाँमा गेट निर्माण गर्न लागेको हो ।

शनिबार ट्रष्ट तथा चितवन कोई समूहका अध्यक्ष राजुबाबु श्रेष्ठले गेटको शिलन्यास गरेका छन् । “सो मन्दिरमा बुबाले सुरुदेखी नै गेट निर्माण गर्ने तयारी गरेका थिए । अध्यक्ष श्रेष्ठले भने,आज हामीले उहाँको सपना पुरा गर्न यो काम सुरु गरेका हौं” ।

मनकामना केवलकारका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले विन्दावासिनीमा निर्माण हुने गेट नेपाली मौलिकता झल्कने किसिमको हुने बताए । उनले गेट निर्माणका लागि भक्तपुरका कालिगढलाई जिम्मा दिइएको जानकारी दिए ।