नयाँ वर्षमा प्रधानमन्त्रीको सम्बोधन : सरकारले के गर्यो हैन, अब के गर्छ ? भनेर प्रश्न गर्नुस

‘गत वर्ष विकासको गति बढाउन नीति तथा कानून बनाएको र अब त्यही जगमा उभिएर तिब्र गतिमा आर्थिक विकास गर्ने छ’ उनले भने ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई गर्ने प्रश्नमा परिवर्तन गर्न सुझाएका छन् । नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्दै उनले भने ‘सरकारले के गर्यो भन्दा अब के गर्दै छ ?’ भन्ने प्रश्न गरौं ।

‘गत वर्ष विकासको गति बढाउन नीति तथा कानून बनाएको र अब त्यही जगमा उभिएर तिब्र गतिमा आर्थिक विकास गर्ने छ’ उनले भने । सरकार अब प्रगतिको बाटोमा लागेको जानकारी गराउदै प्रधानमन्त्रील ओलीले नेपाल दक्षिण एसियाको उदाउँदो अर्थतन्त्र (राइजिग स्टार) भएको दावी गरे ।

उनले एक वर्षमा सरकारले भ्रष्टचारको अन्त्य गरी सुशासन कायम गर्न सकेको, जलाझेल गरी हडपिएको सरकारी जग्गा फिर्ता लिएको सुनाए ।