लुक्लामा समिट एयरको विमान दुर्घटना

विमान आज विहान अवतरण गर्ने क्रममा दुर्घटना भएको समिट एयरका सीईओ सुमन पाण्डेले बताएका छन् ।

काठमाडौं । सोलुखुम्बुको लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । विमान आइतबार बिहान अवतरण गर्ने क्रममा दुर्घटना भएको समिट एयरका प्रमुख कार्यकारी अधिकृत सुमन पाण्डेले बताएका छन् । पाण्डेका अनुसार विमान अवतरण गर्ने क्रममा मनाङ एयरको दुईओटा हेलिकप्टरसँग ठोक्किँदा दुर्घटना भएको हो । विस्तृत विवरण आउन बाँकी नै छ ।