विमान दुर्घटनापछि ३ घण्टाको लागि लुक्ला एयरपोर्ट बन्द

एयपोर्टका प्रमुख इमानाथ अधिकारीले उद्धारका हेलिकप्टरबाहेक अन्य जहाजलाई ३ घण्टासम्म उडान बन्द गरिएको जानकारी दिए । आइतबार बिहान जहाजले मनाङ एयर र श्री एयरको हेलिकप्टरलाई ठक्कर दिएर दुर्घटना भएका थियो ।

काठमाडौं । समिट एयरको जहाजले २ ओटा हेलिकप्टरलाई ठक्कर दिएर ३ जनाको मृत्यु भएपछि तत्कालको लागि तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गरिएको छ । एयपोर्टका प्रमुख इमानाथ अधिकारीले उद्धारका हेलिकप्टरबाहेक अन्य जहाजलाई ३ घण्टासम्म उडान बन्द गरिएको जानकारी दिए । आइतबार बिहान जहाजले मनाङ एयर र श्री एयरको हेलिकप्टरलाई ठक्कर दिएर दुर्घटना भएका थियो ।

दुर्घटनाको छानविन भइरहेकाले के कारणले दुघटना भयो भन्ने जानकारी आएको छैन् । यद्यपी विमान उड्ने क्रममा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । विमान बिहान मात्रै रामेछापबाट लुक्ला गएको र यात्रु छाडेर फर्कने बेला उड्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पर्यटकीय सिजन सुरु भएसँगै पछिल्लो समय लुक्लामा जहाज र हेलिकप्टरको चाप बढेको थियो । विमानस्थल बन्द भएपछि लुक्ला जाने र लुक्लाबाट मन्थली, काठमाडौं आउने यात्रुहरु अलपत्रमा परेका छन् ।