लुक्ला विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३ (मृतकको नामावलीसहित)

सोलुखुम्बुको लुक्लामा विमान दुर्घटना हुँदा मृत्यु हुनेको सख्यां ३ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका असई रुद्धबहादुर श्रेष्ठको उपचारका क्रममा काठमाडौंस्थित ग्रन्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौं । सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छलुक्लामा विमान दुर्घटना हुँदा मृत्यु हुनेको सख्यां ३ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका असई रुद्धबहादुर श्रेष्ठको उपचारका क्रममा काठमाडौंस्थित ग्रन्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसअघि घटनास्थलमै असई रामबहादुर खड्का र समिट एयरका को–पाइलट सुदिप ढुंगानाको मृत्यु भएको थियो । अन्य घाइते मनाङ एयरको हेलिकोप्टरका क्याप्टेन चेतबहादुर गुङङ र समिट यएरका क्याप्टेन रविनाथ रोकायासहित मृतक श्रेष्ठलाई दुर्घटना लगतै हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको थियो । घाइते दुईजनाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा मनाङ एयरको हेलिकप्टर पूर्णरुपमा क्षेतिग्रस्त भएको छ भने श्री यएरको हेलिकाप्टर आशिंक क्षेति भएको लुक्ला प्रहरीले जनाएको छ । विमान धावनमार्गबाट उड्ने क्रममा चिप्लिएर हेलिकप्टरसँग ठोक्किन पुगेको प्रहरीको अनुमान छ । आइतबार बिहान रामेछापबाट गएको विमान यात्रु छाडेर पुनःरामेछाप फर्कने क्रममा उड्न खोज्दा दुर्घटना भएको समिट एयरका प्रमुख कार्यकारी अधिकृत सुमन पाण्डेले बताए ।