प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बीमा बोर्ड, नेपाल राष्ट्र बैँक र नेपाल बैँकर्स एशोसिएसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकका लागि एक लाखसम्मको स्वास्थ्य बीमा घोषणा गर्न लागेको हो ।
काठमाडौं । नयाँ वर्षका अवसरमा जेष्ठ नागरिकहरुलाई लाक्षित गरी ज्येष्ठ नागरिक स्वास्थ्य बीमा शुभारम्भ हुँदै छ । नेपाल सरकारको कार्यक्रम अनुसार आइतबारबाट हरेक जेष्ट नागरिक स्वास्थ्य बीमा कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बीमा बोर्ड, नेपाल राष्ट्र बैँक र नेपाल बैँकर्स एशोसिएसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकका लागि एक लाखसम्मको स्वास्थ्य बीमा घोषणा गर्न लागेको हो । सो बीमाको नेपाल सरकारले प्रिमियम तिर्नेछ ।
सबै स्थानीय तहमा वित्तिय पहुँच पुगेपछि सबै प्रकारका भुक्तानी बैँकबाट हुनेछ । यसले वित्तीय साक्षरता, सामाजिक सुरक्षा, समावेशीता र समृद्धिको आधार तय गर्ने विश्वास गरिएको छ ।