मृत्यु हुनेहरुमा सिन्धुपाल्चोकको मुनलाईट हाइड्रो पावर बलाठे जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरु रहेका छन् । उनीहरु काठमाण्डौंबाटे बस रिजर्भ गरेर घर फर्किँदै थिए ।
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१, पूर्व–पश्चिम राजमार्ग रिजर्भ बस दुर्घटनाहुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाईते भएका छन् । काठमाडौंबाट सुनसरीका लागि छुटेको बा २ ख १३१८ नम्बरको बस सर्लाहीको बागवानीमा आइतबार बिहान अनियन्त्रित भई पल्टिदाँ दुवही ८ सिरहाको अनिल उराउ, मोरङ्ग बुद्धीगङ्ग नगरपालिका –६ का २२ वर्षीया बबी उराउ र सुनसरी रामधोनी नगरपालिका–९का ४० वर्षीय श्रीकान्त चौधरीको घटना स्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा सिन्धुपाल्चोकको मुनलाईट हाइड्रो पावर बलाठे जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरु रहेका छन् । उनीहरु काठमाण्डौंबाटे बस रिजर्भ गरेर घर फर्किँदै थिए । दुर्घटनाका ३१ जना घाईतेमध्ये सुनसरी बस्ने ३२ वर्षिया केसरी चौधरी र रामजन नगरपालिका–५ बस्ने वर्ष २६ को सुनित चौधरीको अवस्था चिन्ता जनक रहेको प्रहरले जनाएको छ ।
घाइतेहरु मध्ये ५ जनालाई थप उपचारको लागि विराटनगरतर्फ लगिएको जिल्ला प्रहरी कार्यालयको प्रहरी प्रवक्ता प्रतित सिंह राठोरले जानकारी दिए । त्यस्तै सामान्य घाईतेहरुको लालबन्दीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।