राष्ट्रपतिद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई पदक वितरण

पदक पाउनेमा सहकारी आन्दोलनका अगुवा केशव बडाललाई सुप्रवल जनसेवा श्री तृतीय दिइएको छ । यसैगरी उद्यमीहरु हेमराज ढकाल, देवीप्रकाश भट्टचन, लोकमान्य गोल्छा, हरिभक्त शर्मा, मीनबहादुर गुरुङ, र राजेन्द्र मल्ललाई पनि सुप्रवल जनसेवा श्री तृतीय दिइएको छ ।

काठमाडौं । विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मानस्वरुप पदक वितरण गरिएको छ । नयाँ वर्षको दिन पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न व्यक्तिलाई घोषणा गरेका पदकहरु नयाँ वर्षका दिन राष्ट्रपति कार्यालयबाट वितरण गरिएको छ ।

आर्थिक, व्यावसायिक तथा सहकारीसँग सम्बन्धित व्यक्तिहरुलाई राष्ट्रिय पदक दिइएको हो ।

पदक पाउनेमा सहकारी आन्दोलनका अगुवा केशव बडाललाई सुप्रवल जनसेवा श्री तृतीय दिइएको छ । यसैगरी उद्यमीहरु हेमराज ढकाल, देवीप्रकाश भट्टचन, लोकमान्य गोल्छा, हरिभक्त शर्मा, मीनबहादुर गुरुङ, र राजेन्द्र मल्ललाई पनि सुप्रवल जनसेवा श्री तृतीय दिइएको छ ।

त्यसैगरी, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पनि प्रवल जनसेवा श्री चतुर्थ दिइएको छ । यो पदक चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाह, कृषि सहकारीकी मीना ढकाल, उद्यमी निरु पुलामीले पनि पाएका छन् ।

त्यस्तै, ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशी, रत्ननगर टाँडीका व्यवसायी दीपककुमार कर्माचार्य, यादवप्रसाद पाण्डे तथा होटल संघ नेपालका अमरमान शाक्यलाई पनि दिइएको छ ।

यसअघि संविधान दिवसका अवसरमा उक्त पदक घोषणा गरिएको थियो ।