कुश्मा नगरपालिकामा एक अर्ब २० करोड १७ लाख ७९ हजार रुपैयाँको लेखापरीक्षणमा ३ करोड ९ लाख ७५ हजार रुपैयाँ बेरुजु भेटिएको छ ।
पर्वत । पर्वतका स्थानीय तहमा आर्थिक वर्ष ०७४÷०७५ मा १४ करोडभन्दा बढी बजेट बेरुजु भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले जिल्लाका ७ स्थानीय तहमा गरेको परीक्षणमा आर्थिक वर्ष ०७४/०७५ मा १४ करोड दुई लाख ३८ हजार रुपैयाँ बेरुजु भेटिएको छ ।
महालेखाको प्रतिवेदन अनुसार सबैभन्दा बढी कुश्मा नगरपालिकामा बेरुजु देखिएको छ । कुश्मा नगरपालिकामा एक अर्ब २० करोड १७ लाख ७९ हजार रुपैयाँको लेखापरीक्षणमा ३ करोड ९ लाख ७५ हजार रुपैयाँ बेरुजु भेटिएको छ । महालेखाका अनुसार कुश्मा नगरपालिकाले इन्धन, खाजा खर्च, भत्तामा ठूलो रकम खर्च गरेको छ ।
फलेबास नगरपालिकाको एक करोड ५६ लाख ५८ हजार रुपैयाँ बेरुजु छ । बिहादी गाउँपालिकाको एक करोड ८ हजार ४६ बेरुजु छ । जलजला गाउँपालिकाको दुइ२करोड ५७ लाख २० हजार, पैयूँको एक करोड ९७ लाख ७२ हजार, महाशिलाको एक करोड ३१ लाख सात हजार र मोदी गाउँपालिकाको एक करोड ४१ लाख ६० हजार रुपैयाँ बेरुजु भेटिएको छ ।