६४ किलो गाँजासहित एक भारतीय पक्राउ

पक्राउ पर्नेमा भारत बिहार मोबासिरुलहसन सब्जिबाघ पटनाका २८ वर्षीय समिर अहमद रहेका छन् ।

काठमाडौं । मकवानपुरको रातोमाटेबाट प्रहरीले ६४ किलो लागू औषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोबासिरुलहसन सब्जिबाघ पटनाका २८ वर्षीय समिर अहमद रहेका छन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले अहमदलाई उक्त गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका अहमदले अवैध गाँजा भारत लैजाने तयारी गरेका बेला प्रहरीले विषेश सूचनाको आधारमा पक्राउ गरेको हो । पक्राउ परेका अहमदलाई प्रहरी थुनामा राखि आवश्यक अनुसन्धान अघि बढाएको मकवानपुर प्रहरीले जनाएको छ ।