अमेरिकामा फेरि सट डाउन

रिपब्लिकन सिनेटर रेन्ड पलले त्यो आशामा त्यति बेला तुषारापात गरे जब उनले खर्चको सीमा कायम गर्ने संशोधनमा बहस गर्ने माग राखे । यसभन्दा पहिले जनवरीमा पनि तीन दिनसम्म सट डाउनको सामना गर्नु परेको थियो ।

वासिङटन
अमेरिकी कङ्ग्रेसले समयमै एउटा बजेटसम्बन्धी प्रावधान पारित नगर्दा पुनः ’सट डाउन’ झेल्नु पर्ने भएको छ । मध्य रातमा फेडरल फन्डिङ निष्क्रिय हुनुभन्दा पहिल्यै यो नयाँ अध्यादेश पास हुन्छ भन्ने अमेरिकी सांसदहरुलाई आशा थियो । रिपब्लिकन सिनेटर रेन्ड पलले त्यो आशामा त्यति बेला तुषारापात गरे जब उनले खर्चको सीमा कायम गर्ने संशोधनमा बहस गर्ने माग राखे । यसभन्दा पहिले जनवरीमा पनि तीन दिनसम्म सट डाउनको सामना गर्नु परेको थियो ।

अमेरिकामा ऐन्टी–डेफिसिएन्सी ऐक्ट लागू छ । जस अन्तर्गत अमेरिकामा पैसा नपुग्दा सङ्घीय एजेन्सीहरुले आफ्ना कामकाज रोक्नु पर्छ, यानि कर्मचारीहरुलाई बिदा दिइन्छ । यस्तो बिदामा बस्दा तलब भत्ता केही पाइँदैन । यस्तो स्थितिमा सरकारले सङ्घीय बजट ल्याउँछ, जसलाई प्रतिनिधि सभा र सिनेट दुवै सदनबाट पारित गराउनु आवश्यक हुन्छ । वर्तमान अवस्थामा आठ लाखभन्दा बढी सङ्घीय कर्मचारी अनुपस्थित हुने अनुमान गरिएको छ । केवल आपात्कालीन सेवा मात्र खुल्ने छन् ।

यसभन्दा अघि २० जनवरीमा सरकारी खर्चसम्बन्धी पेस गरिएको महत्वपूर्ण आर्थिक विधेयक अमेरिकन पार्लियामेन्टमा पास नहुँदा सरकारले ’सटडाउन’को घोषणा गरेको थियो ।