केन्याको रङ्गिला बारबाट १२ नेपाली युवती पक्राउ

केन्याको बोम्बासा सहरको एक बारबाट दुई दिनअघि १२ नेपाली युवती केन्या प्रहरीले नियन्त्रणमा लिएको हो । केन्याका सुरक्षा अधिकारीका अनुसार बोम्बासा सहरको न्यु रङ्गिला बारबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

काठमाडौं । मानव तस्करीको सञ्जालमार्फत केन्या पुगेका १२ जना नेपाली युवती पक्राउ परेका छन् ।

केन्याको बोम्बासा सहरको एक बारबाट दुई दिनअघि १२ नेपाली युवती केन्या प्रहरीले नियन्त्रणमा लिएको हो । केन्याका सुरक्षा अधिकारीका अनुसार बोम्बासा सहरको न्यु रङ्गिला बारबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

उक्त बारमा यौनधन्दा हुने गरेको गुनासो आएपछि स्थानीय प्रहरीले छापा मारेर १२ युवतीलाई नियन्त्रणमा लिइएको बताइएको छ । नियन्त्रणमा लिइएका युवतीको विवरण भने खुलेको छैन ।

पक्राउ परेका उनीहरु मानव तस्करीको सञ्जालबाट त्यहाँ पुगेका हुन् ।

मानव तस्करले पछिल्लो समयमा नेपाली युवतीलाई भारतीय विमानस्थलबाट दुबई हुँदै केन्या पुर्याउने गरेका छन् ।