अवैध नगदसहित दुई जना पक्राउ

प्रहरीले यही वैशाख २ गते ०८:०० बजे कतार एयरवेजको उडानद्वारा स्वदेश फर्किन लागेका पोल्याण्डका म्याक्से मिलिकन वेग्लाेविस्कीका साथबाट अमेरिकी डलर १३ हजार ६ सय, युरो ५ हजार २ सय र नेपाली रूपैयाँ ५८ हजार र आकुव स्टेक्कीका साथबाट अमेरिकी डलर ६ हजार १ सय र युरो ५ हजारसहित पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अवैध नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले यही वैशाख २ गते ०८:०० बजे कतार एयरवेजको उडानद्वारा स्वदेश फर्किन लागेका पोल्याण्डका म्याक्से मिलिकन वेग्लाेविस्कीका साथबाट अमेरिकी डलर १३ हजार ६ सय, युरो ५ हजार २ सय र नेपाली रूपैयाँ ५८ हजार र आकुव स्टेक्कीका साथबाट अमेरिकी डलर ६ हजार १ सय र युरो ५ हजारसहित पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको होल ब्यागेज चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा निजहरूलाई पक्राउ गरिएको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।