चट्याङ लागेर पुनको मृत्यु

सोमबार साँझ खाना खाएर पिँडीमा बसिरहेको बेला घरमा परेको चट्याङ लागेर २२ वर्षीय तारादेवी पुनको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पर्वत । पर्वतको मोदी गाउँपालिका– ४ हलहलेमा चट्याङ लागेर एक जनाको मृत्यु भएकोे छ । सोमबार साँझ खाना खाएर पिँडीमा बसिरहेको बेला घरमा परेको चट्याङ लागेर २२ वर्षीय तारादेवी पुनको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीका अनुसार चट्याङ लागेपछि बेहोस बनेकी पुनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा लगिएको छ । साँझ परेको वर्षा र असीनापानीले बालीनालीमा पनि ठूलो क्षती पुगेको छ ।