करेन्ट लागेर एकको मृत्यु

केवल टेलिभिजनको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि भरतपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

चितवन । भरतपुर महानगरपालिका–२६ मिलनचोकमा करेन्ट लागेरमंगलबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ मङ्गलपुरका ४० वर्षीय हेमराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मिलनचोकस्थित चितवन केवल टेलिभिजनको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि भरतपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । रासस