महानगरीय प्रहरी वृत्त कालिमाटीको सिभिल टोलीले दोलाख शैलुङ्गश्री गाविसका ३५ वर्षीय सुनील श्रेष्ठ र २६ वर्षीय अर्जुन श्रेष्ठ पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होवीन्द्र बोगटीले बताए।
नागार्जुन नगरपालिका–९ दुर्गा नगरमा चोरी गर्दै गर्दा प्रहरीले दुर्इ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीको सिभिल टोलीले दोलाख शैलुङ्गश्री गाविसका ३५ वर्षीय सुनील श्रेष्ठ र २६ वर्षीय अर्जुन श्रेष्ठ पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होवीन्द्र बोगटीले बताए। उनीहरु काठमाडौंमा ज्यामीको काम गर्दै आएका थिए। प्रहरीले बहादुर कुवारको तीनतले घरमा ताल्चा फुटाएर चोरी गर्दै गर्दा दुई जनालाई समात्न सफल भएको हो।
उनीहरुको साथबाट चोरी गरेको २८ हजार ५ सय रुपैयाँसमेत बरामद भयो। यो घटनामा पनि दाजु भाइ नै संलग्न भएको देखियो।