एफएनसीसीआईभित्र एकअर्कालाई खुइल्याउने रोग मौलाउँदै

एउटा संस्थाको पदाधिकारी जो आफैंले गरेको निर्णयविरुद्ध उत्रिनुको रहस्य बुझ्न नसकिएको एफएनसीसीआईका एक अधिकारीले बताए । श्रेष्ठलाई एफएनसीसीआईले गरेको निर्णय चित्त नबुझेको भए त्यही बेला विरोध गर्नुपर्थ्याे  । ‘तर त्यो बेला सहमति दिने र अहिले आएर अनावश्यक कुरा सेयर गर्न मिल्छ ?’ ती अधिकारीले भने ।

काठमाडौं । सुविधै नदिई प्राधिकरणले उद्योगीबाट डेडिकेटेडसरह महसुल तिर्न उद्योग/उद्योगमा पत्राचार गरेपछि नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)ले फागुन २६ गते त्यसको विरोध गर्दै तत्काल प्राधिकरणलाई निर्णय सच्याउन आग्रह गर्यो ।

प्राधिकरणले नियमविपरीत उद्योगीलाई मनलाग्दी रुपमा महसुल तिर्न उद्योगमा पत्राचार गरेपछि एफएनसीसीआईले डेडिकेटेडसरह महसुलका बिलिङ नगराउनसमेत सचेत गरायो । तर, त्यही एफएनसीसीआईका उपाध्यक्ष उमेशलाल श्रेष्ठ आफैंले गरेको निर्णय लत्याउँदै फेसबुकमा ट्रङ्कलाइनको शुल्कका विषयमा तथानाम सेयर गरेपछि उनी विवादमा तानिएका छन् ।

विद्युत् महसुल नतिर्ने उद्योगी भनेर बनाइएको सूचीलाई उनले आफ्नो वालमा सेयर गरेपछि उनी विवादित बनेका हुन् । एफएनसीसीआईले सोही विषयलाई लिएर गत फागन २६ मा विज्ञप्ति निकालेको थियो ।

आफैं उद्योगी भएर बुझ्दै नबुझी श्रेष्ठले आफ्नो वालमा उक्त पोस्ट सेयर गरेका छन् । यस विषयमा बुझ्दा श्रेष्ठले फेसबुकको शक्ति मापन गरेको भन्दै हलुका प्रतिक्रिया दिए । ‘फेसबुकको शक्ति कति रहेछ भन्नका लागि यो सेयर गरेको हुँ’, उनले क्यापिटल नेपालसँग भने ।