रहेनन् मिडिया उद्यमी श्रेष्ठ

पाँच महिनाअघि मृगौलाको पत्थरीको शल्यक्रिया गरेपछि उनलाई विभिन्न स्वास्थ्य समस्याले सताएको थियो । पछिल्लो समय स्वास्थ्य समस्या बढ्दै गएपछि नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा श्रेष्ठको निधन भएको हो ।

काठमाडौं । कामना न्युज पब्लिकेशनले प्रकाशन गर्दै आएको नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनको बुधबार बिहान ११ बजेर ४९ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पाँच महिनाअघि मृगौलाको पत्थरीको शल्यक्रिया गरेपछि उनलाई विभिन्न स्वास्थ्य समस्याले सताएको थियो । पछिल्लो समय स्वास्थ्य समस्या बढ्दै गएपछि नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा श्रेष्ठको निधन भएको हो ।

पत्रकारिता तथा लेखनमा लामो समय विताएका श्रेष्ठको ६० वर्षको उमेरमा निधन भएको हो। रंगपत्रकारिताबाट पत्रकारितामा प्रवेश गरेका श्रेष्ठ कामना ग्रुप पब्लिकेशनका संस्थापक अध्यक्ष हुन्। उनले नेपाल समाचारपत्रकासाथै कामना मासिक, साधना मासिकलगायतको पनि सम्पादकीय भूमिका निर्वाह गरेका थिए ।

प्रबल गोरखा दक्षिण बाहु, त्रिशक्तिपट्टलगायत डेढ दर्जनभन्दा बढी पदक तथा विभूषण प्राप्त गरेका श्रेष्ठले विभिन्न पुस्तकसमेत लेखेका उनले छन् । उनका श्रीमती र ३ छोरा छन् ।