यो कार्यक्रम नेपालको इतिहासमै अहिलेसम्मको सबैभन्दा ठूलो फ्रेन्चाइज टीभी रियालिटि शो हुनेछ । आइम्याक्स पोडक्सन तथा इन्डिमोल साइनको संयुक्त सहकार्यमा टेलिभिजनको सबैभन्दा ठूलो रियालिटी सो बिग बोस नेपाल ऐतिहासिक रुपमा आउने भएको हो ।
काठमाडौं । अन्तर्राष्ट्रिय ख्याति कमाएको रियालिटी टेलिभिजन कार्यक्रम ‘बिग बोस’ नेपालमा पनि आउने भएको छ । नेदरल्यान्डको इन्डिमोल साइनद्वारा सञ्चालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोसलाई नेपालमा आइम्याक्स प्रोडक्सनले ल्याउने भएको हो ।
यो कार्यक्रम नेपालको इतिहासमै अहिलेसम्मको सबैभन्दा ठूलो फ्रेन्चाइज टीभी रियालिटि शो हुनेछ । आइम्याक्स पोडक्सन तथा इन्डिमोल साइनको संयुक्त सहकार्यमा टेलिभिजनको सबैभन्दा ठूलो रियालिटी सो बिग बोस नेपाल ऐतिहासिक रुपमा आउने भएको हो ।
आइम्याक्स प्रोडक्सनले कानुनी रुपमा बिग ब्रदरको फ्रेन्चाइजी ल्याएको हो । नेपाल भित्रिएको यो रियालिटि शो नेपालकै एक टेलिभिजन च्यानलबाट चाँडै सुरु हुनेछ ।
कार्यक्रमको उद्देश्य प्रतिभाहरुलाई सबैका माझ ल्याउनु तथा नेपाली चलचित्र उद्योगको विकासमा सहयोग पु¥याएर अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु हो । यस किसिमका कार्यक्रममले नेपाललाई विश्वसामु चिनाउन पनि सहयोग गर्ने अपेक्षा गरिएको छ ।
नेदरल्यान्डको इन्डिमोल साइनद्वारा ५४ देशमा सफलतापूर्वक सञ्चालित बिग ब्रदर टिमको पूर्ण सहयोगले ५५ औं देश नेपालमा पनि यो सञ्चालन हुनेछ । देशअनुसार फरक फरक भाषामा सञ्चलित यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रसारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम बिग ब्रदरकै संरचनाअनुसार हुनेछ ।
नेपालका एक उत्कृष्ट कलाकारद्वारा सञ्चालन हुने बिग बोसका सहभागीहरु सय दिनसम्म सञ्चार सम्पर्कविहीन रही विभिन्न मनोरञ्जनात्मक प्रस्तुति गर्दै यसको ट्रफी जित्नेछन् ।