तीन जलविद्युत् आयोजनालाई वनक्षेत्र प्रयोग गर्न स्वीकृति

१५.३३ मेगावाटको कालंगागाड जलविद्युत् आयोजना, ३८.४६० मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत् आयोजना र ४ .९८ मेगावाटको रिचेत खोला साना जलविद्युत् आयोजना क्षेत्रमा पर्ने राष्ट्रिय वन प्रयोग गर्न दिने निर्णय गरेको हाे ।

काठमाडौं । मन्त्रिपरिषदले तीन जलविद्युत् आयोजनालाई वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले १५.३३ मेगावाटको कालंगागाड जलविद्युत् आयोजना, ३८.४६० मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत् आयोजना र ४ .९८ मेगावाटको रिचेत खोला साना जलविद्युत् आयोजना क्षेत्रमा पर्ने राष्ट्रिय वन प्रयोग गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।