आगामी १० वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको तयारी रहेको बताउँदै ऊर्जामन्त्री थापाले प्रदेश नंं ७ मा जलविद्युत्को अथाह सम्भावना रहेको बताए
उपप्रधान एवम् ऊर्जामन्त्री कमल थापाले अझै मुलुकमा ४० प्रतिशत जनता बिजुलीको पहुँचबाहिर रहेको बताएका छन् ।
मिडिया नेपाल कञ्चनपुरले आइतबार भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी पाँच वर्षभित्र हरेक घरमा विद्युत् सेवा पु¥याउने लक्ष्यअनुसार सरकारले काम अघि बढाएको जानकारी दिए ।
आगामी १० वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको तयारी रहेको बताउँदै ऊर्जामन्त्री थापाले प्रदेश नंं ७ मा जलविद्युत्को अथाह सम्भावना रहेको बताए । ‘नौ महिनाभित्र अपर तामाकोसी जलविद्युत् आयोजना सम्पन्न हुँदै छ,’ उनले भने, ‘शनिबार उद्घाटन गरिएको चमेलिया जलविद्युत् आयोजना प्रदेश ७ मा अहिलेसम्मको ठूलो आयोजना हो ।’ रासस