उनले प्रदेश नम्बर ३ विकास र समृद्धिको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले निजी, सरकारी र सहकारी सबैको सहकार्यमा विकासको गति अघि बढाउन सम्मेलन आयोजना गरिएको हो ।
चितवन । प्रदेश नम्बर ३ मा लगानी भित्र्याउनका लागि प्रदेश सरकारले चितवनमा लगानी सम्मेलनको आयोजना रेको छ । प्रदेश नीति तथा योजना आयोग हेटौंडाको अयोजनामा चितवनको भरतपुरमा शुक्रबार र शनिबार दुई दिन लगानी सम्मेलन हुन लागेको हो । उद्योगी र व्यापारीलाई उत्साहित गर्नका लागि सम्मेलनको आयोजना गरिएको आयोगका उपाध्यक्ष डा.खिमलाल देवकाटाले जानकारी दिए । उनले प्रदेश नम्बर ३ विकास र समृद्धिको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले निजी, सरकारी र सहकारी सबैको सहकार्यमा विकासको गति अघि बढाउन सम्मेलन आयोजना गरिएको बताए ।
आधार पत्रले वार्षिक औषत आर्थिक वृद्धिदर ११.२ प्रतिशत हुने र प्रति व्यक्ति आय चार लाख पाँचहजार पुग्ने लक्ष्य लिएको छ । पाँच वर्षे योजना अवधिका लागि कुल स्थिर लगानी ३२ खर्ब ३७ अर्व आवश्यक हुने प्रक्षेपण आधारपत्रको छ । यस लगानी मध्ये ६२ प्रतिशत निजी क्षेत्रबाट हुने अनुमान गरिएको छ । आधारपत्रले प्रदेश विकासका सम्वाहकका रुपमा गुणस्तरीय पुर्वाधार, उद्योग, विशिष्टीकृत सेवा, विशिष्टीकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच क्षेत्रमा लगानी केन्द्रीकृत गर्ने खाका बनाएको छ ।
अन्तरक्रिया कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले गर्ने छन् भने प्रदेश नम्रब तीनका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा हुने कार्यक्रममा पूर्वअर्थमन्त्री डाक्टर रामशरण महत्त, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री, सभामुख, विभिन्न समितिका सभापतिहरु प्रमुख सचिव, अर्थविद्, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शका अध्यक्षहरुको उपस्थिति रहने बताईएको छ ।
प्रदेश सरकारको तर्फबाट प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.खिमलाल देवकोटाले कार्यपत्र पेश गर्ने योजना बनाईएको छ । यस्तै शनिबार पाँच ओटा विषयमा विज्ञहरुबाट पेश भएका कार्यपत्रमाथि छलफल हुने आयोगले जनाएको छ ।