सर्वोच्चले भन्यो : पब्जी बन्द नगर

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्च अदालतले पब्जी गेममाथीको प्रतिबन्धलाई तत्काल कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश गरेको छ ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता प्रवीण सुवेदीले पब्जीमाथिको प्रतिबन्ध गैरकानुनी भन्दै केही दिनअघि सर्वोच्चमा सरकारविरुद्ध रिट निवेदन दर्ता गरेका थिए ।

गत चैत २८ गते नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेलमा प्रतिबन्ध लगाउन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको थियो ।

पब्जीकै कारण बालबालिकामा नराम्रो असर परेको जन गुनासोपछि प्रहरीले पब्जीका बारेमा अनुसन्धान थालेको थियो ।