अवैध रुपमा भारत लैजाँदै गरेको करिव ८ लाख रुपैयाँ मूल्य बराबरको मरिचसहित सुनसरी छिटाहाका २८ वर्षीय सुन्दर सुतिहारलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित नेपाल भारत सिमाना दशगजा नजिकबाट अवैध रुपमा भारत लैजाँदै गरेको करिव ८ लाख रुपैयाँ मूल्य बराबरको मरिचसहित सुनसरी छिटाहाका २८ वर्षीय सुन्दर सुतिहारलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सखडा, सप्तरीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको को.१ च ९०३९ नम्बरको पिकअप भ्यानलाई जाँच गर्दा भ्यानभित्र २५ किलोको १ सय बोरा मरिच फेला पारी सवारी साधन सहित चालक सुन्दरलाई पक्राउ गरेको हो ।
पक्राउ सुन्दर सहित बरामद गरिएको उक्त परिमाणको मरिच र मरिच बोक्न प्रयोग गरिएको सवारी साधनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सप्तरीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।