महासङ्घ र अस्ट्रियन चेम्बरबीच सम्झौता

नेपाल उद्योग वाणिज्य महासङ्घ र अस्ट्रियन फेडरल इकोनोमिक चेम्बरबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल र अस्ट्रियाको आर्थिक सम्बन्धको सबलीकरण तथा विकासलाई महङ्खव दिन उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

उद्योगमन्त्री सुनिलबहादुर थापाको प्रमुख आतिथ्यमा आयोजित नेपाल–अस्ट्रिया इकोनोमिक फोरममा महासङ्घकी अध्यक्ष भवानी राणा र अस्ट्रियन फेडरल इकोनोमिक च्याम्बरका उपाध्यक्ष रिचार्ड सेन्चद्वारा उक्त सम्झौतापत्रमा हस्तारक्षर गरियो । सम्झौतापत्रमा द्विपक्षीय व्यापार, लगानीका अवसर तथा औद्योगिक विकास, प्रविधि हस्तान्तरण, व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, लगानी तथा व्यापारिक सूचनाको आदानप्रदानलगायत जस्ता विषयमा दुई संस्थाबीच सहकार्य गर्ने बताइएको छ ।

कार्यक्रममा उद्योगमन्त्री थापाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको बताए । नेपाल भ्रमणमा रहेका अस्ट्रियन उद्योगी व्यवसायीलाई नेपालमा ढुक्क भएर लगानी गर्न उनको आग्रह छ । नेपाल र अस्ट्रियाबीच भएको औैद्योगिक ज्ञान, सीप तथा प्रविधि आदानप्रदान गर्नुपर्नेमा जोड दिँदै दुई देशबीचको सम्बन्ध विस्तार गर्न द्विपक्षीय उच्च भ्रमण हुनुपर्नेमा मन्त्री थापाले जोड दिए ।

उक्त अवसरमा महासङ्घका अध्यक्ष भवानी राणाले नेपालको राजनीतिक अवस्था सुधारोन्मुख रहेको र विकसित राजनीतिक अवस्थाले नेपाली लगानीकर्ताहरुको मनोबल वृद्धि भई नेपालमा लगानी बढिरहेको बताए । यसैगरी अध्यक्ष राणाले नेपाल सरकारले निजीक्षेत्रको विकासलाई विशेष महङ्खव दिँदै दोस्रो चरणको आर्थिक सुधार कार्यान्वयन गरिरहेको र नेपालमा उच्चतम प्रतिफल प्राप्त हुने भएकाले यहाँ लगानी गर्न आग्रह गरिन् ।

लगानीका लागि नेपाल उपयुक्त स्थान भएकाले आफ्नो देशका उद्योगी लगानी गर्न आतुर रहेको उल्लेख गर्दै लगानीलाई आगामी दिनमा थप विस्तार गर्ने अस्ट्रियन फेडरल इकोनोमिक च्याम्बरका उपाध्यक्ष सेन्चले बताए । उक्त अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा चन्द्रकान्त पौडेलले राजनीतिक तथा नीतिगत रुपमा पनि नेपालमा लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको बताउ“दै कृषि, ऊर्जा तथा सेवा क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

कार्यक्रममा उद्योग सचिव यामकुमारी खतिवडा, नेपाल टुरिजम बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, महासङ्घका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलगायत वक्ताले नेपालको आर्थिक वातावरण तथा लगानीयोग्य सम्भावित क्षेत्रका विषयमा आआफ्ना धारणा राखेका थिए ।