अवैध सुनसहित पक्राउ पर्नेमा भियतनामका दुई जना भूथी मुई र फान थी लोन थाओ तथा कम्बोडियाका दुई जना थेवे यू र थेएरी छन् ।
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार ३ किलो सुनसहित ४ जना विदेशी महिलालाई पक्राउ गरेको छ ।
थाई एयरबाट नेपाल आएका उनीहरुले ६ ओटा चुरा र ३ पिस जन्तर बनाएर सुन ल्याएका थिए ।
अवैध सुनसहित पक्राउ पर्नेमा भियतनामका दुई जना भूथी मुई र फान थी लोन थाओ तथा कम्बोडियाका दुई जना थेवे यू र थेएरी छन् ।
ती सबै महिला पर्यटक भिसामा नेपाल प्रवेश गरेका हुन् । पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।